२० कार्तिक २०८३, शुक्रबार

कर्णाली गुञ्जनको छैठौँ श्रृंखला शनिबार

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । संघीय राजधानी काठमाडौँमा विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय कर्णाली कला संस्कृति प्रतिष्ठानको आयोजनामा आउँदो ९ गते शनिबार ‘कर्णाली गुञ्जन’ हुने भएको छ ।

केहि बर्ष अघि देखि राज्यको हरेक नजरबाट टाढा ठानिएको कर्णालीको भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्घन तथा लुकेर बसेका साहित्यिक प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ सुरु गरिएको मासिक साहित्यिक श्रृंखला ‘कर्णाली गुञ्जन’ मार्फत प्रतिष्ठानले फेरि काठमाडौँमा कर्णाली गुञ्जाउन लागेको हो ।

कर्णालीका लागि र कर्णालीका नाममा ऐतिहासिक रुपमा ‘कर्णाली गुञ्जन’को छैठौँ श्रृंखला सञ्चालन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।कहिले विशेष, कहिले आम श्रष्टाको वाचन हुँदै आएको थियो । छैठौँ श्रृंखलामा उपस्थित सम्पूर्ण श्रष्टाहरुले रचना वाचन गर्न पाउने आयोजकले जनाएको छ ।