काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान १० बजे काठमाडौंबाट विराटनगरतर्फ जाने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले दिउँसो साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उदघाटन गर्ने छन् ।
मध्यान्ह साढे १२ बजे विराटनगरमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट (नेकपा)को प्रदेश नम्बर १ का सदस्यहरूलाई सपथ गराउनेछन् ।
प्रधानमन्त्री ओलीले अपरान्ह ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया