२८ आश्विन २०८३, बुधबार

यार्सागुम्बा खोज्न पचास हजार मानिस डोल्पामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarshagumba

डोल्पा । जेठ १२ गतेदेखि मात्र सुरु हुने यार्सागुम्बा संकलनमा जान डोल्पामा ५० हजार मानिस भित्रिएका छन् ।

त्रिपुराकोट गाविसस्थित इलाका प्रहरी कार्यालयले संकलन गरेको नामावलीअनुसार वैशाखको पहिलो हप्तादेखि आजसम्म सो संख्यामा मानिसहरू भित्रिएको जनाएको छ । उनीहरू जाजरकोट, रुकुम, सल्यान, बाँके, सुर्खेत, दैलेख, जुम्ला, कालीकोट, गोरखा, काठमाडाँैलगायतका जिल्लाबाट भित्रिएका हुन् ।

यसमध्ये अधिकांश विद्यालय तहका र ११ तथा १२ कक्षामा पढ्दै गरेका विद्यार्थीहरू रहेका बताइएको छ । से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन गर्ने पाटनहरूमा हातहतियार लिएर प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धका कारण आएका मानिसहरूबाट ४ सय थान खुकुरीलगायतका घरेलु हतियार प्रहरीले बरामद गरेको जनाइएको छ ।

डोल्पाका ४० भन्दा बढी पाटनमा यार्सा पाइने भएकाले यसका लागि जिल्लाभित्र र बाहिरका गरी यार्सा खोज्न जाने मानिसहरूको सङ्ख्या करिब एक लाखसम्म पुग्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति त्रिपुराकोटका अध्यक्ष टीकादत्त न्यौपानेले बताउनुभयो ।