
काठमाडौं, २७ फागुन । कामना सेवा विकास बैंक लिमिटेडको नयाँ शाखा झापाको दमकमा स्थापना भएको छ । दमक नगरपालिका–६, सन्तविर चोकमा बैंकले शाखा स्थापना गरेको हो ।
उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिमप्रसाद तुलाचन र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।
उक्त शाखा बैंकको प्रदेश नं. १ को दोस्रो शाखा हो ।
बैंकका हाल देशभर ६८ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २० वटा मार्फत पनि बैंकिङ सेवा प्रदान गरिरहेको छ ।














प्रतिक्रिया