
काठमाडौं, २७ फागुन । हिमालयन आमा टी (एग्रो प्रोडक्ट)ले एक सय ५१ प्रकारका चियाको विक्रि वितरण शुरु गरेको छ ।
हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्धेश्यले एग्रो प्रोडक्ट उत्पादन गर्न लागेको जानकारी दिएका छन् ।
उनले नेपालका एक सय बढी स्थानमा स्टल खोज्ने जानकारी दिँदै युरोप र खाडी मुलुकमासमेत यसको बजार प्रवद्र्धन गर्ने जानकारी दिएका छन् ।

घलेको योजनालाई सरकारले पूर्ण रुपले समर्थन र सहयोग गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री चक्रपाणि खनालले बताएका छन् ।
उनले नेपालको खाद्यान्हमा धेरै नै विषादी रहेकाले विषादीमुक्त खाद्यान्हमा हिमालयन एग्रोले भूमिका खेल्ने विश्वास पनि ब्यक्त गरेका छन् ।
कार्यक्रममा एग्रो प्रोडक्टका अध्यक्ष घलेले कृषक र आफूहरुबीच बिचौलिया नहोस् भन्नका लागि कृषकलाई बीउबिजनदेखि मलसमेत आफैले खरिद गरी दिने र उत्पादन पनि अरुले भन्दा महङ्गोमा खरिद गर्ने बताएका छन् ।
उनले कृषकबाट ४० प्रतिशत र आफैले ६० प्रतिशत चिया उत्पादन गर्ने बताएका छन् । घले गु्रपको भगिनी संस्था हिमालयन आमा टी (एग्रो प्रोडक्ट)ले पहाडमा ५४ हजार रोपनी र तराईमा एक हजार बढी बिगाहा जमीनसमेत लिइसकेको अध्यक्ष घलेले बताए ।














प्रतिक्रिया