२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि बुधबार भर्ना गरिएको छ ।

मिर्गौला रोगबाट पीडित प्रधानमन्त्रीको सबै चेकजाँचका लागि कम्तिमा २४ घन्टा अस्पतालमा राख्नुपर्ने हुन्छ । ओली सचिवालयका अनुसार यो नियमित चेकजाँच हो ।

थाइल्यान्डमा नियमित चेकजाँचका लागि जानुपर्ने भए पनि समयअभावका कारण त्रिवि शिक्षण अस्पतालमा नै गराउनु परेको बताइएको छ ।

ओलीको रगतका नमूना संकलन गरिएको छ भने अन्य चेकजाँच पनि भइरहेको बताइएको छ ।