१२ कार्तिक २०८३, बिहिबार

साना होटलको श्रेणी विभाजन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले होटलले ग्राहकलाई दिने सेवा र सुविधाका आधारमा गत वर्षदेखि श्रेणी विभाजन गरिरहेको छ । होटलले दिने सुविधाका आधारमा ‘स्टिकर’ दिएर श्रेणी छुट्टाउने गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताउनुभयो । उहाँका अनुसार क्षेणी विभाजनको लागि ५० वटा मापदण्ड निर्धारण गरिएको छ । देशका सबै होटललाई श्रेणी विभाजन गर्ने विभागको योजना छ । रातो, पहँेलो वा हरियो ‘स्टिकर’ मार्फत होटललाई विभाजन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले स्थलगत निरीक्षणका आधारमा श्रेणी विभाजन गरिरहेका छौँ ।” मापदण्ड पालना नगर्ने होटललाई कारवाहीका लागि सिफारिस भइरहेको विभागले जनाएको छ । शहरी क्षेत्रका वा राजमार्गमा छेउका होटललाई प्राथमिकता दिइएको छ । होटल स्थानीय तहमा दर्ता हुने भएकाले नियमनमा स्थानीय तहलाई सहभागी गराउनुपर्ने बताइएको छ । उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशले कानून बनाउने भए पनि साना र मझौला उद्योगलाई नियमन स्थानीय तहले नै गर्नुपर्छ ।” विभागले विभिन्न खाद्यन्न प्रयोगशालामा जाँच गर्नुको साथै खाद्य उद्योगलाई सञ्चालन अनुमति दिँदै आएको छ ।– रासस