२० कार्तिक २०८३, शुक्रबार

रोजगारी खोसेको भन्दै सट्टा शिक्षकको प्रदर्शन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै स्रोतव्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो । तर, सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो ।