२० कार्तिक २०८३, शुक्रबार

रबीन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन को-को जाँदैछन् पोखरा ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ फागुन । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् ।

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ ।

दिवंगत मन्त्री अधिकारीको आजै पोखराको रामघाटमा अन्त्यष्टि गरिनेछ । बिहान टुँडिखेलमा राखिएको अधिकारीको शव पोखरा लगिदैछ ।

रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधानमन्त्री पोखरेलले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउने छन् भने गौतम र श्रेष्ठले पार्टीको झण्डा ओढाउनेछन् ।

कास्की क्षेत्र नम्बर ३ बाट संघीय निर्वाचनमा निर्वाचित अधिकारी लोकप्रिय नेता थिए । पोखरामा उनको शवयात्रा गर्ने तयारी गरिएको छ । शवयात्रापछि अन्त्यष्टि गरिनेछ ।