
काठमाडौं, १५ फागुन । लक्ष्मी बैंकले लिमिटेडले आफ्नो ९९ औं शाखाको रुपमा कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा मार्फत ग्रहाकहरुले सबै किसिमका वित्तिय सेवा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकका हाल देशभर ९९ शाखा कार्यालहरु रहेका छन् । यस्तै बैंकले ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम तथा ५१ शाखारहित बैंकिङ्ग एकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।














प्रतिक्रिया