२८ आश्विन २०८३, बुधबार

पत्नीलाई ससुरालीले माइतीमै लुकाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorce-love-buda-budi

सप्तरी । आफ्नी पत्नीलाई ससुराली पक्षले घरमा बन्धक बनाएर राखेको भन्दै सप्तरीको बोरिया गाविसका एक युवक न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका छन् ।

न्यायका लागि राजविराज आइपुगेका बोरिया गाविस–१ निवासी अजयकुमार मण्डलले पत्रकारसँग कुरा गर्दै आफ्नी पत्नी पुष्पाकुमारी मण्डललाई ससुरा जगदीश मण्डललगायतले बन्धक बनाएर राखेको आरोप लगाउनुभयो ।

आफू र पुष्पाले गत फागुन ५ गते राजविराजस्थित हरिनन्देश्वर महादेवमन्दिरमा राजीखुसी विवाह गरेर बस्दै आएकामा ससुरासहितका ससुराली पक्षले एक–दुई दिनका लागि भनी माइती लगेको र त्यही आफ्नी पत्नी पुष्पालाई बन्दी बनाएर राखेको अजय मण्डलले बताउनुभयो ।

विवाहपश्चात राजविराज नगरपालिका–६ मा डेरामा बस्दै आएकामा गत वैशाख २७ गते पुष्पाका बुबासहितका व्यक्तिले एक÷दुई दिनका लागि पुष्पालाई जान दिनु, फेरि ल्याइदिन्छु भन्दै माइती लगेको तर एक साता भन्दाबढी बितिसक्दा पनि नपठाएको अजयको दुखेसो छ ।

पत्नी पुष्पालाई लिन ससुराली जाँदा परिवारजनले पत्नीलाई भेट्न नदिएको र उल्टै आफूलाई नानाथरिको धम्की दिँदै आएको अजयको भनाइ छ । पत्नीलाई भेट्न नदिई ससुराली पक्षले बन्दी बनाएर राखेका कारण गत जेठ २ गते पुनरावेदन अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेको उहाँले बताउनुभयो ।

आफ्ना ससुरासहितका ससुराली पक्षका ब्यक्तिहरूले जतिबेला पनि घरमा आक्रमण गर्न सक्ने अवस्था रहेको भन्दै अजयले पत्नी पुष्पा सहित परिवारजनको जीउज्यानको सुरक्षाको प्रबन्ध मिलाइदिन अजयले आग्रह गर्नुभयो ।