२८ आश्विन २०८३, बुधबार

राजधानीमै पूरा हुन्छ अब प्याराग्लाइडिङ गर्ने धोको

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pyaraglading

ललितपुर । मनोरञ्जन माध्यमको रुपमा रहेको प्याराग्लाइडिङ लामो समयको पर्खाइपछि उपत्यकामा पुनः सञ्चालनमा आएको छ ।

पहिलोपटक सन् २००७ बाट ललितपुरको गोदावरीमा सञ्चालन भएको उक्त सुविधा केही समयको सञ्चालनपछि बन्द भएको थियो । अहिले नयाँ व्ययवस्थापनका साथ २०७० मङ्सिरबाट सो सुविधा विसंखु गाविसस्थित चापाखर्क डाँडामा सञ्चालनमा आएको हो ।

सञ्चालनमा आइसकेको भएपनि विधिवत्रुपमा उद्घाटन गर्न भने बाँकी रहेको कर्मचारी सुर्दशन अधिकारीले बताउनुभयो । उहाँका अनुसार सञ्चालन भएको छोटो समयमै पनि प्रयोकर्ताको केन्द्रविन्दु बनेको छ ।

अधिकारीका अनुसार प्याराग्लाइडिङको मनोरञ्जन लिन सबै पोखरा धाउनुपथ्र्यो तर अहिले राजधानीमै यो सुविधा उपलब्ध भएको छ । सञ्चालन गरेको छोटो समय मात्रै भएको र प्रचारप्रसारको अभावका कारण प्याराग्लाइडिङ गर्न दैनिक पाँच देखि सात जनासम्म आउने गरेका छन् ।

प्याराग्लाइडिङ गर्न विदेशीका लागि आठ हजार ५००, नेपालीका लागि पाँचहजार ५०० र गोदावरीका स्थानीय बासिन्दाका लागि भने तीनहजार ५०० शुल्क तोकिएको छ ।

प्याराग्लाइडिङ गर्न बिहान ८ बजेदेखि ११ बजेसम्मको समय उपयुक्त भए पनि पानी परेको र हावा लागेको समयमा भने उक्त सुविधा दिन नसकिने अधिकारीले बताउनुभयो ।