काठमाडौ । विराटनगरमा फैलिएको कमलपित्त (जण्डिस) रोगबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । एक हजार ७२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिरामीहरुको उपचार कोसी अञ्चल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज विराटनगरलगायतका अस्पतालहरूले गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोसी अञ्चल अस्पतालमा जण्डिस लागेका रोगीलाई छुट्टै क्लिनिक र वार्ड खडा गरी उपचार गर्न निर्देशन दिएको छ । त्यसैगरी, नोबेल मेडिकल कलेज विराटनगर अस्पतालले पनि १२० शै्या जण्डिस बिरामीका लागि छुट्ट्याएको छ ।
जण्डिसको प्रकोप फैलिएपछि प्रकोप अनुसन्धान गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँचजना चिकित्सकसहितको टोली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक चिकित्सक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूबाट एकजना प्रयोगशाला विज्ञसहितको टोली गठन गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारका मुख्यसचिव लीलामणि पौड््यालको संयोजकत्वमा केन्द्रीयस्तरमा प्रकोप व्यवस्थापन बहु निकायसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसहितको टोली गत वैशाख २५ गते नै प्रकोप अनुसन्धान तथा व्यवस्थापन गर्न रोग प्रभावित क्षेत्रमा पठाइसकेको छ ।














प्रतिक्रिया