२८ आश्विन २०८३, बुधबार

विकट बस्तीमा चामलको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chamal Riceदार्चुला । जिल्लाको खण्डेश्वरी–७ मा रहेको खाद्य डिपोमा चामल सकिएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा मारमा परेका छन् ।

खाद्य डिपोमा चामल सकिएपछि कालोबजारी बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् ।

डिपोमा चामल ढुवानी हुन नसक्दा खाद्य सङ्कट भएको उद्योग वाणिज्य सङ्घ खण्डेश्वरी शाखाका सचिव विक्रमसिंह बोहराले जानकारी दिए ।

डिपोमा खाद्यान्न अभाव भएपछि चामलको मूल्य प्रतिकिलो ५५ रुपैयाँ पुगेको बोहराले बताए ।

खाद्यान्न ढुवानीका लागि ठेकेदारलाई आग्रह गरेको र केही दिनमै चामल आपूर्ति हुने सचिव बोहराको भनाइ छ ।