५ कार्तिक २०८३, बिहिबार

ऋचाद्वारा निर्माण गरिएको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको चलचित्र तुलसी प्रदर्शन हुने भएको छ । डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो ।

चलचित्र तुलसी नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको छ ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिबाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिएका छन ।

फिल्मको निर्देशन तथा निर्माण शंकर घिमिरेले गरेका हुन । चलचित्रको पाँचवटा गीतहरूमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र तुलसीको एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । तुलसीलाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भूमिकामा छन् भने विशेष भूमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती रहेका छन् ।

प्रिमियर भएको यो गीतलाई गोविन्द राईले नृत्य निर्देशन गरेका छन् भने साधना सरगम र कुमार कान्छाले गाएका छन् ।