२० कार्तिक २०८३, शुक्रबार

मुलुकी अपराध (संहिता) ऐन संशोधनको लागि पहल गर्छु : सभामुख महरा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ माघ । सभामुख कृष्ण बहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनको लागि पहल गर्ने बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटमा सभामुख महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनको लागि पहल गर्ने बताए ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सभामुख महरासँग समस्त निर्माण क्षेत्रलाई नै धरासयी बनाउने गरि हालै लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २ सय ५० तत्काल संशोधनका लागि अनुरोध गरेको हो ।

महासंघले संशोधनका लागि आवश्यक बुँदाहरु पनि सभामुख महरा समक्ष पेश गरेको छ । निर्माण कार्य खरिदको सम्झौता भएपश्चात निर्माण व्यवसायीहरुले कार्य नगरेमा, गुणस्तरीय कार्य नगरेमा वा समयमै कार्य सम्पन्न नगरेमा धरौटी रकम जफत गरिने, सम्झौता अंकको १० प्रतिशत रकम लिक्विडिटी ड्याम्मेज वापत असुल गरिने बुँदा महासंघले पेश गरेको छ ।

त्यस्तै बुँदामा १ वर्ष देखि ३ वर्ष सम्म कालो सूचीमा राखिने, ठेक्का सम्झौता अन्त्य गरिने तथा सम्पन्न हुन बाँकी काम निर्माण व्यवसायीको घर घरानाबाट असुल उपर गरिने उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन अनुसार आधिकारिक निकायहरुबाट मुद्दा चलाइने व्यवस्था नै निर्माण व्यवसायीहरुको लागि पर्याप्त भएकोले अन्य कुनै व्यवस्था आवश्यक नभएको महासंघले जनाएको छ ।

महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै उपाध्यक्ष रत्नबहादुर खड्का, उपमहासचिव (नीतिगत) टंकप्रसाद चौलागाई, केन्द्रीय सदस्य मंगलबहादुर शाही, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता थियो ।