
रौतहट, १५ माघ । सशस्त्र प्रहरीको टोलीले रौतहटको इशनाथ नपाबाट दुईवटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान करिब १० बजे प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी खटिएको टोलीले ईशनाथ नगरपालिका- १ बन्जरहाघाटस्थित लालबकैया नदी किनार आधुनिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो।
रौतहटको गौर नगरपालिका-४ टिकुलिया बस्ने ४७ वर्षीय नकुल पटेलको साथबाट इटालियन पेस्तोल एक थान, त्यसमसा लाग्ने गोली एक थान र नल कटुवा पेस्तोल एक थान, गोली ५ वटा र मोबाइल एक थान झोलामा राखेर लैजाँदै गरेको अवस्थामा बराद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ।












प्रतिक्रिया