५ कार्तिक २०८३, बिहिबार

सुनिताले नचाइन् देव गुरुङ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारीमा वर,
कहाँ होला थाहा छैन् लमजुङ मेरो घर…

जब यस्तै यस्तै गीत घन्किए, तब नेकपाका प्रमुख सचेतक एवं लमजुङका संघीय सांसद देवप्रसाद गुरुङ पनि नाच्न कस्सिए । प्रसंग हो, लमजुङ कलाकार संघको बार्षिक साधारण सभाको । लमजुङे गायिका सुनिता अधिकारीले ‘मेरो लमजुङ घर…’ बोलको गीतसँगै कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद गुरुङसँगै सिभिल बैंकका सिइओ एवं गायक गोविन्द गुरुङ लगायत छमछमी नाचे ।

कार्यक्रममा लमजुङका पुराना गायक कृष्णसुधा ढुंगाना, राजु परियारले विगतलाई सम्झँदै पुराना कोसेलीहरु पस्केका थिए । यसैगरी, लमजुङका उदाउँदा कलाकारहरु शर्मिला थापा, प्रकाश न्यौपाने, रमेश परियार, विवेक धितालको बेजोड प्रस्तुति थियो ।

लमजुङ कलाकार संघले साधारण सभाको अवसर पारेर लमजुङमा जन्मेर देशमा छुट्टै पहिचान बनाउन सफल छ जना गायक तथा निर्देशकलाई सम्मान गरेको थियो । .सम्मानित हुनेमा चर्चित लोकगायक तथा गायिकाहरु कृष्णसुधा ढुंगाना, बिमाकुमारी दुरा, कृष्ण गुरुङ र राजु परियार रहेका छन् ।

यसैगरी, गुरुङ चलचित्र तथा राष्ट्रिय गीतबाट करिअर सुरु गरी सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी बन्न सफल गायक तथा सर्जक गोविन्द गुरुङ र ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र फिल्ममार्फत संसारभर अवार्ड जित्न सफल निर्देशक गणेश पाण्डेलाई पनि नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक एवं लमजुङका संघीय सांसद देवप्रसाद गुरुङ र लमजुङ कलाकार संघका अध्यक्ष सुवास कुँवरले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।