
काठमाडौँ, १४ माघ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएकाका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले घटनामा मृत्यु भएकाका परिवारलाई क्षतीपुर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार समेत सरकारले व्यहोर्ने जानकारी दिए ।
धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टीयामा विवाहको लागि जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । मन्त्री पुनले घटनाप्रति दुखः व्यक्त गर्दै पीडित परिवारलाई क्षतीपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने बताएका हुन् ।
करेन्ट लागेर गत शुक्रवार २१ जना घाइते भएका थिए । १९ जना घाइते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् दुई जना हाल अस्पतालमै उपचाररत छन् ।












प्रतिक्रिया