काठमाडौं, १४ माघ । हिन्दूवादी युवा नेता विकास ठाकुरले मधेस र पहाडबीच राजनीति गर्न नहुने चेतावनी दिएका छन् ।
उनले हिमाल, पहाड र तराई मिलेर बस्यो भने मात्रै देश रहने बताएका छन् । ०७२ सालको भूकम्पका बेला आफू मधेसी समुदायको युवक हुँदा हुँदै पनि पहाडका जिल्लाहरूमा सक्दोसहयोग गरेको उनले बताएका छन् ।
‘मेरो कुनै ठूलो पहिचान छैन । म मधेसीले भूकम्पका बेला बिभिन्न दाताहरूको सहयोगमा काठमाडौं, ललितपुर, काभ्रे र सिन्धुपालचोकमा राहत बाडेको थिएँ । किन भने पहाड रुँदा मेरो मुटु पनि रोएको थियो’, उनले भनेका छन् ।
‘मलाई मधेसीभन्दा पनि आफू नेपाली हुँ भन्नेमा गर्व छ’, ठाकुरले भनेका छन्, ‘तर केही संकीर्ण सोँच भएका पहाडीहरूको कारणले अहिले दुःखी भएको छु ।’
‘हो म शानले भन्छु, म नेपाली हो, म मधेसी हो र धोती मेरो पहिचान हो । ढाका टोपी पनि लगाउँछु, दौरा सुरुवाल पनि लगाउँछु । किनभने म नेपाली हुँ र नेपाल मेरो देश’, उनले भनेका छन् ।
हिन्दूवादी नेता ठाकुरले नेपाल फाउण्डेसन नामक संस्था चलाउादै आएका छन् ।












प्रतिक्रिया