भक्तपुर, १४ माघ । भक्तपुरको आदर्श जनप्रेमी इंग्लिस सेकेण्डरी स्कुल कौशलटारले मानव कल्याण आश्रमले संचालन गरेको वृद्धाश्रमलाई सहयोग सामग्री वितरण गरेको छ ।
वृद्धाश्रम संचालनमा मासिक सहयोग गर्दै आइरहेको विद्यालयले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा सहयोग सामग्री वितरण गरेको हो ।
यस्तै वार्षिकोत्सवकै अवसरमा विद्यालयले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिका भक्तपुरका मेयर मदन सुन्दर श्रेष्ठले मध्यपुरलाई शिक्षाको गन्तव्य बनाउने बताए ।
मेयर श्रेष्ठले सामुदायिक विद्यालयको स्तरोन्नती गर्नका लागि संस्थागत विद्यालयहरुसँग सहकार्य गर्ने भन्दै आउदो शैक्षिक शत्रदेखि स्थानीय पाठ्यक्रम पूर्णरुपमा लागु गर्ने प्रतिवद्धता गरे ।
विद्यालय प्राधानाध्यापक निलेश आचार्यले विद्यालयले हासिल गरेको उपलब्धी र भावी योजना बारे प्रकाश पारे ।
वार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ठ विद्यार्थीलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरे ।
कार्यक्रममा देशका सातै प्रदेशको संस्कृति झल्किने झाकीहरु प्रदर्शन गर्नुका साथै विद्यार्थी ले गीत, नृत्य समेत प्रदर्शन गरेका थिए ।












प्रतिक्रिया