
काठमाडौँ, १३ माघ । प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्राभाग नागढुङगाले अबैध बिहान ०४:३० बजे सर्लाही बाट काठमाण्डौ आउदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध १४ सय ८५ ट्याबलेट सहित सर्लाही रामदाम गाउँपालिका ७ का विकास कुमार गुप्तालाई पक्राउ गरेको हो ।
गुप्तालाई लागूऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट खटिएको प्रहरी टोलिले बाघको हड्डी जस्तो देखिने बस्तुसहित २ जनालाई पक्राउ गरेको छ ।
शनिबार दक्षिणकाली नगरपालिका १ चाल्नाखेलकी सविता लामाको घरबाट ५६ पिस बाघको हड्डी जस्तो देखिने बस्तु बरामद गरेको हो । प्रहरीले सविता लामा र सिन्धुपाल्चोक चोगदे ६ का अजय गुरूङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया