२० कार्तिक २०८३, शुक्रबार

महरलाई नेवि संघका सिम्खडाको काउन्टर– गगनसँग नाम जोडेर ठूलो मान्छे बन्न नखोज !

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । अनेरास्ववियुका महासचिव ऐन महरले नेपाली कांग्रेसका नेता गगन थापालाई भिड्नका लागि त्रिचन्द्र आउनु भनी गरेको मिडियाबाजीको काउन्टरमा नेवि संघका नेता मनिष सिम्खडाले चुनौति दिएका छन् ।

सिम्खडाले महरलाई नेता थापासँग नाम जोडेर ठूलो मान्छे नबन्न सुझाव दिँदै आफूसँग भिँड्न भनेका छन् । उनले नेवि संघ महामन्त्री कुन्दराज काफ्लेसँग समेत भिड्ने ताकत महरमा नरहेको जनाउँदै भनेका छन्,‘महर जी तपाईका लागि मै काफी छु ।’

दुई तिहाई बहुमतको सरकार थापासँग डराएका कारणले नै संसदमा माइक काट्न लगाउने, चुनावमा आक्रमण गर्न लगाउने र पार्टी परिवर्तन गरेको भनी भ्रम नै सृजना गरेको दृष्टान्त अघि सार्दै सिम्खडा थप्छन्, ‘महर ज्यू आफ्नो स्थान र धरातल हेरेर प्रतिष्पर्धी छनोट गरेको भए ठीक हुने ।

साँच्चै नै जूध्ने रहर जागेको हो भने सदनमा भएका गगन दाईसित त फरक कुरा, कुन्दनराज काफ्लेसँग जुध्ने इच्छा पनि दिवा सपना मात्र हो ।’