२० कार्तिक २०८३, शुक्रबार

खोरुंगा खोला जलविद्युत आयोजनाका कामदारको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, १२ माघ । तेह्रथुम जिल्लामा माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको थियो ।

उपचारकालागि लैजाँदै गर्दा दिउँसो करिब साढे दुई बजे बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजनामा निर्माण कम्पनी धौलागिरी कन्स्ट्रक्सन, खड्का कृष्ण जेभीमा चौधरीसहित करिब सयजना कामदार कार्यरत छन् । कञ्चनपुरका मात्रै झण्डै ३० जना कामदार रहेका छन् ।