५ कार्तिक २०८३, बिहिबार

पूर्वपतिसँग डिभोर्स हुनासाथ निकिताको रविसँग थियो प्रेमलाप

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्ना पतिबिना बसेको ८ बर्ष भए पनि चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलेको डिभोर्सको कागजी काम ९ महिनाअघि मात्र सकिएको थियो । त्यति नै बेला भेट भए– रवि लामिछाने । र, उनीहरूको अफेयर सुरु भयो ।

एउटा साप्ताहिकलाई दिएको अन्तरवार्तामा निकिताले चिनजान भएको नौ महिना पुरा भएको र बिहेको निर्णयमा पुगेको तीन महिना भएको बताएकी छन् ।

कोर्ट म्यारिज भइसकेका कारण १५ माघदेखि सँगै बस्ने तयारी भइसकेको बताएकी छन्, उनले । एउटै अपार्टमेन्टमा रहेका बेला प्रेमलापमा परेका रविले तेस्रो तल्ला छाड्दै निकिता बस्ने छैठौं तल्लामा सर्ने निर्णय गरिसकेका छन् ।

रवि केयरिङ गर्ने मान्छे भएकाले बिहेका लागि तयार भएको बताएकी उनले परिवारको सल्लाहमा नै निर्णय गरिएको बताएकी छन् ।