काठमाडौं । निर्देशक अमर ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘आरोप’ माघ ११ गते शुक्रबारदेखि रिलिज हुँदै छ । राजधानीसहित देशभरिका अधिकांश फिल्महरूमा ‘आरोप’ लाग्नेछ । ‘आरोप’बाट दर्शकले मनोरञ्जन लिन सक्ने ओलीले बताएका छन् ।
फिल्मलाई दिनेश पाठक र विजय सापकोटाले निर्माण गरेका हुन् । कथा र लेखन लक्षमण सुवेदीको रहेको छ । फिल्ममा संगीत एस के अधिकारी, गणेश चौधरीको रहेको छ । गीतमा एसके अधिकारीको शब्द रहेका छन् ।
फिल्ममा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशील पोखरेल, राजन गहतराज, राजु राउत, उद्धव गिरी, रिचा थापा, रश्मी भट्ट, दीपिका ढकाल, पे्रम खड्का लगायत कलाकारहरूको अभिनय छ ।
सानुकुमार मर्हजनको कोरियोग्राफी, कमल राईको द्वन्द्व, वीरेन्द्र भट्टको छायांकन, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।















प्रतिक्रिया