काठमाडौं, ९ माघ । भोजपुर केन्द्रबिन्दु भएर मंगलबार राति ४.५ रेक्टर स्केलको परकम्प गएको छ ।
मंगलबार राति १०ः४५ बजे उक्त परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त परकम्पको धक्का भोजपुरसहित छिमेकी जिल्लाहरुमा पनि महसुस भएको थियो ।
यो २०७२ सालको भूकम्पकै परकम्प भएको भूकम्पविदले बताएका छन् । त्यसअघि मंगलबार बिहान काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर ३.३ रेक्टर स्केलको परकम्प गएको थियो ।












प्रतिक्रिया