
काठमाडौं, ८ माघ । काठमाडौं उपत्यकामा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो। काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ।












प्रतिक्रिया