काठमाडौं । अनुराग असफल भएपछि तनावमा रहेकी अभिनेत्री एलिजा गौतमले फेरि पनि फिल्म बनाउने सोँच बनाएकी छिन ।
सबैको सुझाव र सल्लाह अनुसार एलिजा यतिबेला दोस्रो प्रोजेक्टको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ ।
अबको प्रोजेक्टमा भने एलिजाले अनुरागमा गरेका गल्तीहरु सकेसम्म नगर्ने तयारी गरिरहेकी छिन् । उनको दोस्रो प्रोजेक्टले दर्शकहरुलाई सरप्राइज दिनेछ ।
एलिजा बाहिरी ब्यानरका सिनेमाको तयारीमा छिन् । उनी अब केही समय बाहिरी ब्यानरका सिनेमामा काम गरेर मात्र आफ्नो ब्यानरमा सिनेमा निर्माण गर्ने तयारीमा छिन् ।
उनको डेब्यू सिनेमा अनुरागका प्रस्तुतकर्ता ऋषिराज धमला अर्थात् उनका श्रीमान थिए ।
दुईवटा सन्तानकी आमा बनिसकेकी एलिजालाई सिनेमामा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो । उनलाई परिवारले साथ दिए पनि सिनेमा उद्योगमा प्रवेश गरेपछि भने केही अप्ठ्यारो पर्यो । धेरैले उनलाई विवाहित र दुईवटा सन्तानकी आमाको रुपमा हेरे जसले एलिजाको चित्त दुख्यो ।















प्रतिक्रिया