काठमाडौं, ८ माघ । पाँचखाल नगरपालिकामा सञ्चालित विभिन्न इँटाभट्टाका कारण किसानले लगाएको तरकारीखेतीमा असर पुगेको किसानको आरोप छ ।
भट्टाबाट निस्केको धुवाँधुलोका कारण किसानले लगाएको विभिन्न प्रकारका तरकारी कालो भई बिक्री नभएकाले आन्दोलनमा उत्रनु परेको पाँचखाल–७ श्रीरामपाटीका कृष्णप्रसाद ढकालले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘यहाँका किसान कृषिबाट आत्मनिर्भर छन्, तर हामीले लगाएको तरकारी बजारमा बिक्री भएन भने हामी कसरी बाँच्ने, त्यही भएर किसानहरू आन्दोलित भएका हुन्,’ उनले भने ।
पाँचखाल नगरपालिका–७ का वडाध्यक्ष पुष्कर ढकालले कृषि नै पाँचखालवासीको मुख्य पेसा भएकाले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । पाँचखालका कुनै पनि इँटाभट्टा वातावरणमैत्री नभएकाले तिनीहरूलाई हटाएर कृषिमै जोड दिनु राम्रो हुने उनको भनाइ छ ।















प्रतिक्रिया