९ कार्तिक २०८३, सोमबार

अधिकांश सांसद प्रेसर र सुगरका बिरामी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । संघीय संसद् सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सांसदहरूमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन् । सचिवालयमा कार्यरत डा. एई अन्सारीले मुटु, किड्नीको उपचारलगायतका जटिल उपचार तथा अप्रेसनका लागि आफूहरूले सरकारी अस्पतालमा उपचार गराउन सिफारिस गर्ने र सांसदहरूले उपचारबापतको बिल पेस गर्दा रकम भुक्तानी गर्ने बताए । ‘चिकित्सक बोर्ड छ ।

हामी चिकित्सकहरू बसेर सांसदहरूले पेस गर्नुभएको बिललाई अडिट गर्छौँ अनि उपचार रकम भुक्तानी गर्छौँ,’ डा. अन्सारीले भने । उनका अनुसार दैनिक दर्जनभन्दा बढी सांसद सचिवालयमा प्रेसर तथा सुगरलगायतका सामान्य स्वास्थ्यजाँचका लागि पुग्ने गरेका छन् । सचिवालय पुगेर नै सुगर, प्रेसर जाँच गर्ने तथा उपलब्ध सामान्य औषधिको भने पैसा लाग्दैन ।

सांसदहरूको उपचारको खर्च सचिवालयले व्यहोर्ने ऐनमा व्यवस्था छ । सोही ऐनबमोजिम गठित चिकित्सक बोर्डले सांसदहरूले पेस गरेको बिलको भुक्तानी गर्ने वा नगर्ने निर्णय लिने सचिवालयले जनाएको छ ।