दार्चुला । दार्चुला जिल्लाको खण्डेश्वरी गाविसमा रहेका विद्यालयहरूको सुधारका लागि वनमा यार्सा सङ्कलन गर्न जानेहरूबाट शुल्क लिने काम सुरु भएको छ ।
गाविसले गठन गरेको शैक्षिक सरोकार मञ्चले खण्डेश्वरीका वनमा यार्सा सङ्कलन गर्न जानेहरूबाट शुल्क लिइरहेको हो ।
यार्सा सङ्कलन गर्ने गाविसभित्रका प्रत्येक व्यक्तिबाट २५० र गाविसबाहिरका व्यक्तिबाट ५०० रुपियाँ शुल्क लिइने खण्डेश्वरी उमाविका शिक्षक विक्रमसिंह बोहराले बताए ।
रसिदमार्फत शुल्क उठाउने कामको संयोजन खण्डेश्वरी उमाविले गरेको छ । यार्सा सङ्कलकहरूबाट लिइएको शुल्कको रकमले गाविसमा रहेका विद्यालयको सुधारका लागि खर्च गरिने बताइएको छ ।
खण्डेश्वरीका वन आउँदो बुधबारदेखि यार्सा सङ्कलनका लागि खुला गरिँदै छन् ।













प्रतिक्रिया