२८ आश्विन २०८३, बुधबार

मुठीदानबाट एचआइभी सङ्क्रमितलाई खाद्यान्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aids Hivम्याग्दी । महिलाहरूको सक्रियतामा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठीदान अभियानबाट सङ्कलन गरेको खाद्यान्न सामग्री एचआइभी सङ्क्रमितको संस्था गुप्त सभामार्ग दर्शन सहयोगी समूहलाई हस्तान्तरण गरिएको छ ।

सहरकारीको मुठीदान अभियानमा सङ्कलन भएको खाद्यान्न सामग्री जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत केशवराज सुवेदी, सहकारीका अध्यक्ष जमुना आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका डा. सरोजचन्द्र दाहाललगायतले समूहका अध्यक्ष होम पुर्जालाई हस्तान्तरण गरे ।

सहकारीका सञ्चालक समिति, सेयर सदस्य, कर्मचारीलगायत इच्छुक महानुभावबाट सङ्कलित २५ पाथी चामल, १५ किलो चिनी, १४ किलो नुन, १० किलो दाल र एक किलो चियापत्ती हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष जमुना आचार्यले जानकारी दिए ।

सहकारीले यस अगाडि ज्ञानोदय माविमा सञ्चालित दृष्ट्रिविहीन स्रोत कक्षा, गलेश्वरधाममा सञ्चालित वृद्धाश्रम र ओम शान्तिलाई मुठीदान अभियानबाट सङ्कलित खाद्यान्न सामग्री सहयोग गरिसकेको छ ।