२० कार्तिक २०८३, शुक्रबार

माघ १ गते सार्वजनिक बिदा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २७ पुस कर्णाली प्रदेश सरकारको ३३ औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भन्नुभयो, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।”

उहाँले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको बताउनुभयोे ।

यसैगरी कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरिनाका साथै कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाइने जानकारी दिँदै उहाँले शुक्रबारबाट कर्णाली प्रदेशलाई कागजबिहिन गराइएको बताउनुभयो । –रासस