२० कार्तिक २०८३, शुक्रबार

कार्णाली प्रदेशका सल्यान र जुम्लामा राष्ट्रिय परिचयपत्र बाँडिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २५ पुस । कर्णाली प्रदेशका दुई जिल्ला सल्यान र जुम्लामा दोस्रो अन्तर्गत राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सरोकारवालाहरुसँग बुधवार भएको कार्यक्रममा कर्णाली प्रदेशका दुई जिल्ला सल्यान र जुम्ला जिल्लामा मात्रै परचय पत्र बितरण गरिने जानकारी गराईएको हो ।

राष्ट्रिय पञ्जीकरण विभाग र गृह मन्त्रालयलयले सल्यान जिल्लामा राष्ट्रिय परिचयपत्रबारे जानकारी दिएको छ । सबै नागरिकहरुको अभिलेख राख्ने उदेश्यले दोस्रो चरणमा सल्यान र जुम्लामा राष्ट्रिय परिचयपत्र बितरण गरिने भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

नागरिकको चाप हेरेर नजिकैको नगरपालीकाहरुलाई समेटने गरी जिल्ला प्रशासनमा स्थायी रुपमा स्टेशन संचालन गरी परिचय पत्र बितरण गरिने उनको भनाई छ । मोबाईल स्टेशनको रुपमा प्रत्येक वडा वडामा पुगी करिब ३ महिना सम्म जिल्लाका १ लाख ४५ हजार नागरीकलाई राष्ट्रीय परिचय पत्र बितरण गरिने उनले जानकारी दिए ।

१६ बर्ष उमेर पुगेर नागरीकता र मतदाता परिचय पत्र प्राप्त गरेका ब्यक्तिहरुलाई १५ जिल्लामा गरी ३५ लाख जनसंख्यालाई यो पटक राष्ट्रीय परिचय पत्र बितिरण गरिने उनले बताए ।‘हरेक नेपाली नागरिककको सम्पुर्ण ब्यक्तिगत र जैविक विवरण सहितको परिचय खुल्ने गरी सरकारले राष्ट्रीय परिचय पत्र वितरणको योजना ल्याईएको छ ।

नागरिकका नितान्त व्यक्तिगत विवरणहरु यसमा समावेश हुने छ, उनले भने ।’ परिचय पत्रपाएपछि राज्य बाट उपलब्ध हुने सेवासुबिधा सहज हुने, प्रत्यक्ष लाभ लिन सकिने निर्देशक न्यौपानेको भनाई छ ।

चालु आर्थिक बर्षमा अनलाईन प्रणालीको बिकास गरी जिल्लाको बिवरण संकलन गर्ने ब्यवस्था मिलाई आगामी २ बर्ष भित्रमा १५ जिल्लाका झन्डै ३५ लाख जनतालाई राष्ट्रिय परिचयपत्र बितरण गर्ने उनले बताएका छन्।यसको लागी उपकरणहरु र जनशक्ति आबश्यक पर्ने भएकाले डकुमेन्टहरुको तयारी गरी सल्यानमा जिल्लामा केही दिन भित्रै राष्ट्रीय परिचय पत्र बितरण कार्यक्रम सुरु गरिने उनले बताए ।

कार्यक्रममा नागरीकले राष्ट्रीय परिचय पत्र प्राप्त गरिसके पछि प्रशासनिक कामहरु सँग प्रत्यक्ष जोडने, जिम्मेवार र मजबुद बनाउनमा मदत पुग्ने जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टले बताए । यो खुसिको कुरा र महत्वपुर्ण भएकाले नागरीकले प्रभाह गर्ने सेवा सुबिधामा सहज हुने उनको भनाई थियो ।

राष्ट्रीय परिचय पत्र वितरण गर्नका लागी कोही पनि नछुटोन भनेर ठुलो क्षेत्र भएको टोल टोलमै जाने ब्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले जानकारी दिए । बिभिन्न किसिमका कामहरु गर्दा या असजिलो अबस्थामा परेको बेला जैबिक बिवरण बाट पत्ता लाग्ने, कुनै पनि कार्यलयमा गएर सजिलै सेवा प्राप्त गर्ने सक्ने भएकाले पनि यो राष्ट्रीय परिचय पत्रको महत्व रहेको प्रजिअ ढकालको भनाई थियो ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुने बताउदैँ उनले आवश्यक प्रक्रिया पूरा गरेर क्रमशः वितरण गर्दै जाने जानकारी दिए । राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट नहुने उनको भनाई छ ।