२० कार्तिक २०८३, शुक्रबार

सामुदायिक र संस्थागत विद्यालय एकै हुन् : नगरप्रमुख

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २४ पुस । शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन् ।

खलंगामा आयोजित निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन प्याव्सन नेपालको २८ औं दिवसको अवसरमा बोल्दै उनले विशुद्ध व्यापारिक नजरले मात्र हेर्ने भन्दा पनि विद्यार्थीको भविश्यसँग जोडिएको शिक्षालाई गुणस्तरिय बनाउनु पर्नेमा उनले जोड दिएका हुन् ।

उनले भने, ‘यस शारदा नगरपालिका भित्र ५७ वटा सामुदायिक र ११ वटा निजि विद्यालय छन ती सवै विद्यालयलाई नगरपालिकाले हेर्ने दृष्टिकोणमा कुनै फरक छैन । निजि विद्यालयलाई निरुत्साहित नभई राज्यको नियमन भित्र रहेका निजि विद्यालयलाई प्रोत्साहन गरिन्छ ।’