२० कार्तिक २०८३, शुक्रबार

होमस्टे सम्भाब्यता अध्ययनसम्बन्धी अन्तर्क्रिया

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बिजय चालिसे
कावासोती, २४ पुस । नवलपुरको मध्यबिन्दुमा होमस्टे घरबास सञ्चालनसम्बन्धी सम्भाब्यता अध्ययन गरिएको छ । सम्भाब्यता अध्ययन गर्न सस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिबाट आएको टोलीले घरबास पर्यटन सम्भाब्यता अध्ययनका बिषयमा सरोकारवालाहरुसँग अन्तक्र्रियासमेत गरेको छ ।

मध्यबिन्दु नगरपालिका २ नन्दपुर थारु गाउँमा भएको अन्तरक्रियामा सरोकारवालाहरुले मध्यबिन्दु नगरपालिकाका अधिकांस क्षेत्रमा पर्यटकीय सम्भावना रहेको भन्दै घरबास कार्यक्रम सञ्चालन गर्न सकिने बताएका थिए ।

पूर्वमा धार्मिक पर्यटकीय क्षेत्र मौलाकालिका मन्दिर र पश्चिममा दाउन्नेदेवी मन्दिरका साथै देबचुली, बरचुली, अरविन्द आश्रम, धौबादीलगायतका पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न सके नवलपुरलाई देशकै प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिने उनिहरुको भनाई थियो ।

अन्तक्र्रिया कार्यक्रमपछि टोलीले मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो । नवलपुरमा अमलटारी, पिप्रहरलगायतका थुप्रै होमस्टेहरु सञ्चालनमा छन् ।