९ कार्तिक २०८३, सोमबार

‘सांसदलाई ठग, लुच्चा, तेलचोर, सहयोगीको भत्ता समेत हसुर्ने भन्ने ?’

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । राष्ट्रपतिका विषयमा सार्वजनिक रूपमा भइरहेका आलोचनालाई गणतन्त्रमाथिकै हमला भएको प्रधानमन्त्री केपी ओलीले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा आइतबार सार्वजनिक महत्त्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध विष–बमन हुँदा कसै कसैले त्यसैमा स्वाद मानेको भन्दै संस्थाको मर्यादा नरहे लोकतन्त्र धरासयी हुने बताए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘संवैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन, केही गर्दैन र कुनै प्रतिवाद गर्दैन। जुन संस्था आफैं बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के ? उनले प्रश्न गरे, ‘गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गणतन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझिरहेका छैनौं ?’

शीतल निवाससम्बन्धी हरेक निर्णय सरकारले गर्ने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको बचाउ गरे। ‘विवादमा ल्याइएको शीतलनिवाससम्बन्धी हरेक निर्णय सरकारले गर्छ, राष्ट्रपति संस्थाले हैन’, उनले भने, ‘यस संस्थाको गरिमाका लागि राज्यबाट गरिने व्यवस्थामा अनावश्यक ढोंग वा दरिद्रता प्रदर्शन गरिरहनु पनि आवश्यक छैन।’

१८ करोड मूल्यको गाडी किन्नेदेखि शीतलनिवास साँघुरो भएको भन्दै राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी तालिम केन्द्र सार्नेलगायत विषयमा राष्ट्रपतिको चर्को आलोचना भएको थियो।

प्रधानमन्त्री ओलीले विगतमा सांसद र संसदीय प्रणालीलाई बदनाम गराएर व्यवस्था नै परिवर्तन गरिएको उल्लेख गर्दै त्यस्तै ‘रिहर्सल’ भइरहेको बताए। ‘कुनै समय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्ष्य गर्दै सुत्केरीको औषधि खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने अफवाह फैलाइयो। त्यस्ता हर्कतबाट संसद् कति बदनाम भयो र अतिवादलाई कसरी मलजल गर्‍योे ? त्यस्ता हर्कत, असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा हामी स्पष्टै छौं’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि सबै सांसदलाई ठग, लुच्चा, तेलचोरको रूपमा चित्रित गर्दै, चालक तथा निजी सहयोगीको भत्तासमेत हसुर्ने जस्तो गरी प्रचार भइरहेको छ।

जानेर वा नजानेर सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै हैन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौं।’ उनले यसको दोष संसद् सचिवालयलाई दिए। ‘सचिवालायले होस नपुर्‍याएर त्रुटि भए सच्चिनुपर्छ’, ओलीले भने, ‘एउटाले बिराउँदा सिंगो प्रणाली अपमान हुन नदिऔं।’