२० कार्तिक २०८३, शुक्रबार

पहिलो पटक स्तनपान कक्ष निर्माण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी
सल्यान, २२ पुस । जिल्लामै पहिलो पटक एउटा सरकारी कार्यलयले सुत्केरी महिलालाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरेको छ । सदरमुकामस्थित जिल्ला हुलाक कार्यालय सल्यानले सुत्केरी र शिशुको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले स्तनपान कक्षको स्थापना गरेको कार्यालय प्रमुख धिरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

‘जिल्ला हुलाक कार्यालयमा बचत बैंक छ’ उनले भने, ‘बचत बैंकमा विभिन्न महिला आमा समुहबाट कार्यालयमा सेवा लिन आउने गरेका छन्, यस्तो अवस्थामा आमाहरु शिशुलाई लिएरै सेवा लिन आउछन्, सेवा लिने क्रममा बच्चाले स्तनपान गर्न खोजी रहेको हुन्छ तर आमाहरुले पुरुष हरुको अगाडी स्तनपान गराउन चाहँदैनन् जुन कुरा जायज पनि हो । यसै कुरालाई मध्य नजर गर्दै हामीले स्तनपान कक्ष निर्माण गर्यो र यसबाट हाम्रा सेवाग्राहीलाई लाभ मिल्ने छ’ उनले थपे ।

प्रायः कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका बच्चाले चाहेको बेला सार्वजनिक स्थानमा आमाले शिशुलाई दुध नचुसाउँदा पछि बच्चाको भोक हराएर जान्छ, र यसबाट कुपोषण समेत हुन सक्ने भएकाले बच्चाले चाहेकै समयमा हाम्रा सेवाग्राहीले स्तनपान गराउन सकुन भन्ने उद्देश्यले समेत स्थनपान कक्ष निर्माण गरिएको उनले बताए ।

शिशु जन्मेको ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध खुवाउनुपर्ने तथा कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागी स्तनपान कक्ष निर्माण गरिएको कार्यालय प्रमुख भण्डारीले बताए ।

कार्यालय प्रमुख भण्डारीले अहिलेको समयले मागेको अवधारण समेत रहेको बताउँदै जिल्लाका सम्पुर्ण कार्यालयले यस कार्यको शुरुवात गर्नुपर्ने कुरामा जोड दिए । ‘हामीपपिन स्तनपान गरेरै ठुलो भयौं, यहाँसम्म आयौं जान्ने सुन्ने भयौं’ उनले भने, हामी जान्ने सुन्ने हुंदापनि हामीले नगरे कल्ले गर्ने?’
स्तनपान कक्ष निर्माण भएसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको शारदा नगरपालिका –३ बयलडाँडा निवासी इन्द्रा भण्डारीले बताईन् ।

स्तनपान कक्ष उद्घाटन कार्यक्रममा सहभागी भएका स्तनपान गराई रहेका आमाहरुका शिशुलार्ई न्यानो टोपी र मोजा उपहार स्वरुप प्रदान गरिएको कार्यालयले जनाएको छ । यस उपहार कार्यक्रममा जिल्ला स्थित कुमारी बैंकले पनि आर्थिक रुपमा केही सहयोग गरेको कार्यालय प्रमुख भण्डारीले जानकार दिए ।