९ कार्तिक २०८३, सोमबार

गुण्डा नाइके मनाङेको शपथमा सांसदहरू विभाजित

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ पुस । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे)को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन्।

निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन्। शपथ लिनुअघि नै उनी कारागार चलान भए।

मनाङेको निवेदनका विषयमा दलहरूले आधिकारिक धारणा सार्वजनिक नगरे पनि सांसदको धारणा भने फरकफरक छ।

संसद्को सबैभन्दा ठूलो दल नेकपा संसदीय दलको बैठक बसेको छैन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसबारे आधिकारिक धारणा बनाएको छैन्। तर, प्रदेशसभा सदस्यहरूले भने उनको शपथ निवेदनलाई लिएर आआफ्नो धारणा बनाएका छन्। नेकपाका सचेतक मायानाथ अधिकारीले भने, ‘नेकपा संसदीय दलको बैठक बसेको छैन्, केही आधिकारिक धारणा पनि बनेको छैन्। यो कानूनी विषय हो तर राजनीतिक रुपले हेर्दाचाहिँ निर्वाचन जितेर प्रमाणपत्र लिइसकेको व्यक्तिले शपथ गर्न पाउनुपर्छ।’

कार्यव्यवस्था समितिका सदस्यसमेत रहेका अधिकारीले थपे, ‘कानूनी रुपले शपथ गराउन मिल्ने भए सभामुखले गराउनुहुन्छ, नमिल्ने भए गराउनुहुन्न, हामीले सल्लाह दिने हो , हेरौं सभामुखले के गर्नुहुन्छ।’