भक्तपुर । नेकपा–माओवादीका सचिव देव गुरुङले अहिलेको संसद २०४७ सालमै फर्केको बताएका छन् ।
रफत संचार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा सचिव गुरुडले अहिलेको संसदले पनि कुनै काम नगर्ने बताए । ‘अहिलेको संसद २०४७ सालमै फर्केको छ,’ उनले भने, ‘यस्ले देशको निकास नपाउने भएका कारण आन्दोलन बाहेक कुनै विकल्प छैन ।’
वर्तमान सरकारले नयाँ सविधान बनाउन नसक्ने उनले बताए । सचिव गुरुडले भने, ‘सरकार विगतका भन्दा कुनै फरक छैन । यस्तो अवस्थमा कसरी सविधान बन्न सक्छ ?’
उनले सरकार गठन भएको तीन महिना भइसक्दा समेत उल्लेख्य काम गर्न नसकेको बताए । सरकारले अत्यन्तै सुस्त गतिमा काम गरिरहेको बताए ।













प्रतिक्रिया