९ कार्तिक २०८३, सोमबार

सशस्त्र प्रहरीभित्र कसरी हुन्छ अनियमितता ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सशस्त्र प्रहरी ‘रिजर्भ फोर्स’ भएकाले दैनिक ड्युटीमा खटिनुपर्दैन । यही कारण कार्यालय प्रमुखले धेरै प्रहरीलाई एकैपटक बिदा दिने गर्छन् । कतिपय कार्यालयमा सिपाही/हवल्दारलाई एक महिनासम्म समेत बिदा दिने गरिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कतिपय गणले एकैपटक सयभन्दा धेरैलाई बिदा दिन्छन् । तर, लामो समयसम्म बिदा बसेकाहरूको बिदा २–३ दिन मात्रै देखाएर अरू दिनको हाजिर गर्न लगाउँछन् ।

सो समयको रासनभत्ता भने लेखापाल र कार्यालय प्रमुख मिलेर अनियमितता गर्छन् । कतिपय प्रहरीले लामो बिदा बस्न पाएपछि सो अवधिको रासनभत्ता नपाए पनि चासो दिँदैनन् । एक प्रहरीले दिनमा औसतमा करिब एक सय ७५ रुपैयाँ रासनभत्ता पाउँछन् ।

०७१ देखि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई रासनको पैसा नगदमै दिन थालिएको छ । तलबसँगै बैंक खातामा रासनभत्ता दिइन्छ । तर, सशस्त्र प्रहरी ब्यारेक सिस्टममै बस्ने भएकाले भत्ता उठाएर मेस चलाउँछ ।

मेसको रकम सुरुमै एकमुष्ट तिर्नुपर्छ । मेस सञ्चालनको क्रममा तोकेअनुसार खाना नदिने तथा बिदाका नाममा अनियमितता हुने गरेका उजुरी मुख्यालयमा पर्ने गरेका छन् ।