२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई पूर्वमा अभिनन्दन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सहयोग गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । “सरकार एक्लैले विकासमा गति दिन सक्दैन । यसका लागि उद्यमी, व्यवसायीको समेत सहयोग चाहिन्छ ।”

उहाँले शिक्षा, मानव विकास सूचकाङ्क, आर्थिक उत्पादकजस्ता विषयमा इलाम अग्रणी जिल्ला भएकाले पनि यहाँ अनेकौँ लगानीयोग्य क्षेत्र रहेको उल्लेख गर्नुभयो । “इलाम मुलुककै अग्रणीमध्येको पनि अग्रणी जिल्ला हो । यहाँ लगानी गरे घाटा हुँदैन ।”

इलाम सचेत जिल्ला भएकाले सबै क्षेत्रमा लगानी गर्दा उल्लेखनीय प्रगति हुने भन्दै प्रधानमनत्री ओलीले यहाँ सञ्चार, उत्पादनको साधनलगायतका थुप्रै लगानीयोग्य क्षेत्र रहेका छन् भन्नुभयो ।

यस्तै लगानी सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाका तर्फबाट अभिनन्दित गरिएको छ । राष्ट्र निर्माण पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीलाई नगरले अभिनन्दन गरेको हो । सामान्य परिवारमा हुर्किएरसमेत राष्ट्रका लागि लडेको र मुलुकको परिवर्तनको लागि जेल जीवनसमेत बिताउनु परेको भन्दै प्रधानमन्त्रीलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्यमीलगायतको उपस्थिति थियो । –रासस