
बर्दिया, १९ पुस । बर्दिया जिल्ला अदालतले ६ महिनाको अवधिमा ६ वटा मुद्दामा जाहेरी दिने पक्षलाई नै सजायको फैसला गरेको छ ।
अदालतले नक्कली (फेक) मुद्दा ल्याएको भन्दै १५ दिनदेखि तीन महिनासम्म कैद फैसला गरेको हो ।
ती मुद्दाहरु प्रहरी मार्फत अनुसन्धान गरि प्रक्रियागत रुपमा आएको भएपनि अदालतले प्रमाण र दावीमा थप अनुसन्धान गर्दा फेक मुद्दा भएको देखिएकोले जाहेरीवाला पक्षलाई नै कैद फैसला गरेको न्यायाधिश किरणप्रसाद पोख्रेलले बताए ।
ती फैसलाले बिशेषतः बलात्कारका फेक मुद्दा आउन कमी आएको पनि न्यायाधिश किरणप्रसाद पोख्रेलले दावी गरे ।
बर्दिया जिल्ला अदालतले पुस १९ गते पत्रकार भेटघाट सार्वजनिक गरेको तथ्याकमा दुनियाँबादी ५ सय ४ र सरकारवादी फौजदारी १ सय ४८, रीट १ सय ९९ र अन्य गरी ८ सय ५२ मुद्दा रहेका छन् । जस मध्यमा २ सय ८ फर्छौट र ६ सय ४४ वाँकी रहेको छन् ।
सबै मुद्दा सम्वन्ध बिच्छेदका आ.व. २०७४∕२०७५ मा २ सय २५ लगत रहेकोमा १ सय ६१ फछ्र्याैट भई ६४ वाँकी देखिएका छन् । सम्वन्ध बिच्छेदका मुद्दा भने सबैभन्दा बढी देखिएका छन् । २०७५∕०७६ मा १ सय ३१ लगत रहि ४५ फछ्र्यौट भएको उल्लेख छ । हाल भने १ सय ९५ लगत रहि ६९ फछ्र्यौट भई १ सय २६ मुद्दा रहेका छन् ।
बलात्कार मुद्दा आव २०७४∕२०७५ मा लगत ८१, फछ्र्यौट ५४ भई २७ वाँकी देखिएको छ । २०७५∕२०७६ मा १९ लगत रहेकोमा २ फछ्र्यौट भई १७ वाँकी देखिएको छ । हाल ४६ लगत रहेकोमा २२ फछ्र्यौट भई २४ वाँकी रहेका छन् ।
ती मुद्दामा संलग्न पक्षको आधारमा चार सयमा दुवै पक्ष महिला रहेका छन्, ५ मुद्दामा जेष्ठ नागरिक, ३५ मुद्दामा बालबालिका, बालबालिका संलग्न फौज्दारीमा ८ रहेका छन् ।
फैसला भएका मुद्दा कार्यान्वयन तर्फ ९० मुद्दामा १८ फछ्र्योट भएकोमा ७२ वाँकी रहेको छ । कैद तर्फ एक हजार ५ सय ७२ एक महिना लगत मध्य ८२ वर्ष ७ दिन फछ्र्यौट र वाँकी एक हजार ४ सय ९० वर्ष एक महिना १४ दिन रहेको छ । जरिवाना तर्फ एक करोड १७ लाख ५६ हजार नौ सय ९७ रुपैया मध्य ३ लाख ८८ हजार ६ सय ६३ रुपैया फछ्र्योट र वाँकी १ करोड १३ लाख ६८ हजार ३ सय रहेको तहसिलदार धनसिंह गिरीले जानकारी दिए ।












प्रतिक्रिया