
काठमाडौं, १९ पुस । डिल्लिबजार कारागारमा टिकापुर हत्याको अपराधमा कैदीका रूपमा रहेका राष्ट्रिय जनता पार्टीबाट निर्वाचित सांसद रेशम चौधरीले पदको शपथ लिँदैछन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनलाई सभामुख कृष्णबहादुुर महराले संसद सचिवालयमा शपथ गराउनेछन् ।
शपथपछि चौधरीलाई डिल्लिबजार कारागारमा लगिनेछ । उनले सांसदका रूपमा संसद भवनमा बसेर काम गर्न पाउने छैनन् । जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लिबजार कारागार पुराइएको थियो ।
बालबालिकासहित ९ जना प्रहरी अधिकारीको हत्याको ‘चार्ज’ चौधरीमाथि छ । उनले मधेस आन्दोलनका समयमा टिकापुरमा सामाजिक सञ्जाल खलबलिने गरी काम गरेको अभियोग थियो ।
टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए ।
निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।
तत्कालिन प्रधानमन्त्री तथा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला चौधरीको भेट भएको थियो । उनलाई शपथ गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोबीच बालुवाटारमा सहमति भएको थियो । सोही कारण राजपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने सहमति गरेको थियो ।












प्रतिक्रिया