२० कार्तिक २०८३, शुक्रबार

नेपाली टोपी दिवस : संस्कृति र पहिचान संरक्षण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसले संस्कृति संरक्षण र पहिचानमा सहयोग पुगेको नेपाली टोपी प्रतिष्ठानको निष्कर्ष रहेको छ ।

जनवरी १ का दिन नेपालसहित विभिन्न देशरुमा पनि एकैसाथ नेपाली टोपी दिवस मनाइएको हो । नेपालमा भने नेपाली टोपी प्रतिष्ठानको संयोजनमा नेपाली टोपी दिवस मनाइएको हो ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल र डा। बाबबुराम भटराईसहितका पाँच पूर्वप्रधानमन्त्रीहरुलाई प्रतिष्ठानले नेपाली टोपी लगाइदिएको छ ।

सो क्रममा शुभकामना शुभकामना आदान–प्रदान गर्दै पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको दिवसको सफलताको कामना गरे ।

नेपाली युवाले विगत ५ बर्षदेखि बर्षेनी जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आईरहेका छन् ।

नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ–आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानिन्छ ।

हालसम्म विभिन्न ३९ देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका र थप गठन हुने प्रक्रियामा रहेका प्रतिष्ठानले जनाएको छ ।