
काठमाडौं, १८ पुस । प्रहरीले काठमाडाैँ सडकमा रात विताउन बाध्य भएका असहाय बृद्ध, बृद्धा तथा बालबालिकाको उद्धार तथा पुर्नस्थापना अभियान सुरु गरेको छ ।
मंगलबार रातिबाट सुरु भएकाे अभियान अन्तर्गत कालिमाटी, स्वयम्भू, सितापाईला क्षेत्रबाट राति ७ जना पुरुषको उद्दार गरी हिमालय वृद्धाआश्रम गोंगबुमा राखिएको छ । उद्दार गरिएका ब्यक्तिहरुको परिवार तथा आफन्तको खोजी, आवश्यक उपचार, परामर्श समेत गरी पुन: समाज तथा परिवारमा पुर्नस्थापना गर्ने कार्यमा प्रहरीले बिभिन्न संघ-संस्थासँग संमन्वय गरिरहेको छ ।
काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवन यापन गर्न बाध्य मानिसहरुको जीवनमा परिवर्तन ल्याउने जस्ता मानविय कार्य विभिन्न संघ-संस्था, सरकारी निकायसँग समन्वय गरि निरन्तरता दिने कार्य जारी राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।












प्रतिक्रिया