
काठमाडौँ, १७ पुस । प्रहरीले पाकेटमारीमा संलग्न १ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६ बिजि मल अगाडिबाट पाकेटमारी गर्दैगर्दा नुवाकोट ककनी गाउँपालिका ७ घर भई काठमाडौं गोगंबु बस्ने २७ बर्षीय विष्णु लामालाई पक्राउ गरेको हो।
उनको साथबाट पाकेटमारेको नगद २६ हजार रुपैयाँ बरामद भएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया