
काठमाडौँ, १७ पुस । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा कान्छाकुमार कर्माचार्य र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले सपथ ग्रहण गरेका छन्।
कुलपति पदमा नियुक्त कर्माचार्य र श्रेष्ठसँगै संगीत प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोट तथा ललितकला उपकुलपति गोपाल चित्रकार र सदस्यसचिव विपीनकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शपथ लिएका हुन्।
प्रधानमन्त्री ओलीले शपथ लिएका पदाधिकारीलाई संस्था र समाजप्रति जिम्मेवार हुन निर्देशन दिए। ‘मुलुकका इतिहास, परम्परा, साहित्य, संस्कृतिको संरक्षण गर्नमा जोड दिनुहोस्, अब त्यो जिम्मेवारी तपाईंहरुको काँधमा आएको छ’, ओलीले भने ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारीले साहित्यका साथै सांस्कृतिक पक्षको संरक्षणमा क्रियाशील रहन उनीहरूलाई आग्रह गरे।












प्रतिक्रिया