काठमाडौं । क्षत्री समाज नेपालले पहिचानको नाममा धर्म, भाषा र जातिको गन्ध आउने कुनै पनि प्रकारको राज्य पुनःसंरचना गर्न नहुने माग गरेको छ ।
समाजले विभिन्न समयमा सरकारसँग भएका सहमति कार्यान्वयनसहितको १६ बुँदे ज्ञापनपत्र पनि प्रधानमन्त्री सुशील कोइरालालाई आज बुझाएको छ । समाजका अध्यक्ष डा चन्द्रबहादुर थापाले १६ बुँदे मागसहितको ज्ञापनपत्र पढेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले सरकारसँग भएका सहमति पालना र समाजले उठाएका जायज मागप्रति आफू सकारात्मक रहेको बताए ।
समाजले जुन कारणले पहिलो संविधानसभा असफल भयो तीनै मुद्दालाई ब्यूँताएर दोस्रो संविधानसभा विफल हुन नदिन सकार, दल र सभासदलाई सचेत रहन ज्ञापनपत्रमार्फत आग्रह गरेको छ ।













प्रतिक्रिया